Karnali Ko ChheuChhau : News by Sansarnews.com

09/08/2013 20:34
Share Button
 

चन्दा थापा, २४ साउन, काठमाडौं । आख्यानकार गगन सिंह थापाको “कर्णालीको छेउछाउ” लोकार्पण गरिएको छ ।

विहिबार काठमाडौंको सुविधानगरस्थित नेशनल भिजन होटलमा आवरण डटकमद्धारा आयोजना गरिएको उक्त  “कर्णालीको सेरोफेरो” नामक पुस्तकको पुर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्दले लोकार्पण गर्नु भएको हो । 

लोकार्पण कार्यक्रमका आवरण डटकमका अध्यक्ष तथा साहित्यकार रमेश पौडेलको सभापतित्व, पुर्व प्रधानमन्त्री तथा  साहित्यकार लोकेन्द्र बहादुर चन्दको प्रमुख आतिथ्यता, डा. कुमार कोईरालाको बिशेष आतिथ्यता तथा  ललिजन रावलको आतिथ्यतामा  कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख अतिथि चन्दले पुस्तकको बिमोचन गर्दै लेखकले समग्र पुस्तकमा आफ्नो मात्र भोगाइ नलेखेर सम्पुर्ण कर्णालीबासीको पनि भोगाइ लेखेको बताउदै बौद्ध धर्म र हिन्दु धर्मको सभ्यता कर्णालीबाट प्रारम्भ भएको बताउनु भयो । उहाँले  पुस्तकमा लेखिएको  शब्द शब्दबाट कर्णालीको सुगन्ध र रुमानी आएजस्तो लागेको भन्दै आख्यानकार सिंहलाई बधाइ तथा आगामी दिनमा पनि  कलम निरन्तर चलाइरहन शुभकामना दिनु भयो ।

कार्यक्रममा पुस्तकको समिक्षात्मक मन्तव्य दिदै प्रा.डा कुमार कोइरालाले आख्यानकार सिंहको पुस्तक संस्मरणात्मक रहेको  बताउनु भयो । साथै प्राकृतिक तथा सांस्कृतिक रुपमा कर्णाली सम्पन्न भएपनि त्यसको सहि सदुपयोग गर्न नसक्दा कर्णाली आर्थिक रुपमा कमजोर रहेको पनि उहाँले बताउनु भयो ।  आख्यानकार सिंहको कृतिलाई कर्णालीको धड्कनको रुपमा लिदैँ प्रजातान्त्रिक आन्दोलन, सामाजिक, राजनैतिक, शैक्षिक, आर्थिक, गरिवी लगायतका सम्पूर्ण कुरालाई लेखकले यसमा समेटेर  कर्णालीको मात्र नभएर देशकै दस्तावेजका रुपमा  कृति ल्याएको बताउनु भयो ।

प्राज्ञ ललिजन रावलले “कर्णालीको सेरोफेरो”ले सिंहलाई अमर बनाउने बताउनु भयो भने  आख्यानकार सिंहले  आफ्नो मन्तव्यका क्रममा कृति पढेर पाठकहरुले त्यसमा भएका कमीकमजोरीहरु औल्याइदिएमा आफुलाई सच्चिने मौका मिल्ने बताउनु भयो । 

अछामको दर्ना गाविस पाटेखेतमा २००५ मा जन्मीएर  टिकापुरको कैलाली हुँदै हाल काठमाडौंमा बस्दै आउनु भएका आख्यानकार गगनसिंह थापाले यसअघि २०३५ सालमा कर्णबहादुर थापासँग मिलेर “स्रोह सौगात” बजारमा ल्याइसक्नु भएको छ भने कर्णालीको सेरोफेरो उहाँको दोश्रो कृति हो ।

अमरध्वज लामाको संचालन रहेको उक्त कार्यक्रममा अछामबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

स्मरण रहोस लेखक गगन सिंह थापा समाजसेवि तथा  एनआरएनए अफ्रिकाका संयोजक  हिक्मत थापाका पुज्यनीय पिता पनि हुनुहुन्छ   भने सो पुस्तकमा हिक्मत थापा आफै प्रकाशक रहनु भएको छ