भुकम्प पिडितको राहतमा जुट्ने आब्हान

24/04/2015 00:25
सम्पूर्ण साथीहरु
 
हिजो  (२५ अप्रिल)का दिन नेपालमा भुकम्प गई सयौको ज्यान गएको छ लाखौँ घाइते भएका छन् र अवौँको क्षति भएको छ । प्रारम्भिक रुपमा मात्रै हेर्दा जुन भयाबह स्थिति  देखिएको छ ; यसले क्षतिको स्वभाविक अनुमान गर्न सकिन्छ । जुन देशमा आएको महासंकट हो । सम्पूर्ण नेपाली जनता र देशले दुःख पाएको पाएको यस घडिमा हामी बिदेशमा रहेका नेपालीहरुको भुमिका र दायित्व प्रमुख हुन्छ र हुनै पर्छ । त्यसैले नाइजेरिया रहनु भएका सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई नेपाली जनताको सहयोग अभियानमा जुट्न आह्वान गर्दछु । 
अहिलेको अवस्था अत्यन्त गम्भिर र धेरै भन्दा धेरै सहयोग उपलब्ध गराउनु पर्ने भएकोले म सम्पूर्ण साथीहरुलाई यो गम्भिर अवस्थालाई त्यहि रुपमा बुझेर त्यहि स्तरको सहयोग रकम संकलनको अभियान मा सरिक हुन अनुरोध गर्दछु. साथै म आफ्नो तर्फ बाट  ५०० USD सहयोग गर्दछु
यो रकम सके सम्म छिटो भन्दा छिटो पुराउन सके पिडित हरु लाइ राहत हुने थियो , म येही हप्ता काठमाडौँ  गइ रहेको छु र यो रकम हस्तान्तरण गर्ने छु . सम्पूर्ण साथीहरु लाइ बिनम्र अनुरोध !!
NRNA अफ्रीका संयोजक श्री हिक्मत थापा र नाइजेरिया समन्वय परिसद का महासचिब श्री दीपक कर्ण  लाइ  सम्पर्क गरि  सहयोग रकम ऎथा सक्या छिटो जम्मा गरि दिनु हुन अनुरोध गर्दछु . नाइजेरिया बाट सके सम्म  दस लाख रुपिया सम्म जम्मा गर्न सके धेरै ठुलो सहयोग हुने थियो
 
चिरन्जिबी रोका
अद्क्षय एन आरएन  नाइजेरिया एन सी सी
लागोस