एनआरएन तान्जानियालाई नयाँ नेतृत्व

17/07/2013 05:06

गैरआवासिय नेपाली संघ (एनआरएन) को तान्जानिया शाखाले नयाँ नेतृत्व पाएको छ । आइतबार (जुलाई १४) को उक्त साधारण-सभा उपांगा क्लबको सभा हलमा भएको थियो । सभाले आर्थिक वर्ष २०१२-१३ को वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०१३-१५ को लागि राष्ट्रिय समन्वय परिषदको नयाँ कार्य समिति निर्वाचित गरेको छ । 

परिषदको अध्यक्षमा भीमसेन छेत्री, उपाध्यक्षहरूमा रमेशकुमार पौडेल तथा प्रेमप्रसाद गुरुङ, महासचिवमा सर्वेश जोशी, सचिवमा दिनेश प्रजापति र कोषाध्यक्षमा सुवासचन्द्र लुइँटेललाई सर्वसम्मत चयन गरियो । महिला संयोजकमा प्रिथिमाया डोमागाला र युवा संयोजकमा हिमनाथ अधिकारी तथा सदस्यहरूमा रामजित दराई, डिल्लीराज खरेल, मिलन गुरुङ, कृष्ण सुनार, गंगे दमाई, रोजन राज घिमिरे, सोम दर्लामी र दयानिधि सुवेदीलाई चयन गरियो । उपाध्यक्ष गुरुङ र सदस्य दर्लामी अरुषा क्षेत्रबाट तथा सदस्य सुवेदी जान्ज़िबार क्षेत्रबाट प्रतिनिधित्व गर्छन् भने अन्य सबै दार ए सलामबाट प्रतिनिधित्व गर्छन् । 

परिषदको प्रमुख सल्लाहकारमा डा. विजयकुमार शर्मा, सल्लाहकारहरूमा डा. सुधा शर्मा, श्रीमती संगीता खड्का बिष्ट, विकास सुब्बा तथा दिलिप सुनारलाई मनोनयन गरेको छ । 

सभाले अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्यमा निवर्तमान अध्यक्ष भरत रिजाललाई चयन गरेको छ । साथै अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरूमा बिरबहादुर रायमाझी, भीमलाल गैह्रे र श्रीमती राधा जोशी घिमिरेलाई चयन गरेको छ । 

तान्जानियालगायत अफ्रिकाका करिब एक दर्जन देशमा एनआरएनको शाखा गठन भएको छ । पूर्वी अफ्रिकाका विभिन्न देशमा ५ हजार नेपाली काम गर्दै आएका छन् ।