एनआरएन केन्याबाट बाढीपिडीतलाई चौतीस हजार

17/07/2013 05:08

अफ्रिकी मुलुक केन्यामा बस्दै आएका नेपालीले बाढीपिडीतलाई चौतीस हजार रूपैयाँ (तीन सय अन्ठाउन्न अमेरिकी डलर) सहयोग गरेका छन् । 

गैरआवासिय नेपाली संघ (एनआरएन), केन्याका अनुसार त्यहाँ रहेका करिब डेढ दर्जन नेपालीले उक्त रकम संकलन गरेको एनआरएनका अफ्रिका क्षेत्रीय संयोजक तथा नाइजेरियाको एनआरएनका सल्लाहकार हिक्मत थापाका अनुसार हिक्मत थापाले जनाएका छन् । 

नाइजेरिकालगायत अफ्रिकाका करिब एक दर्जन देशमा एनआरएनको शाखा गठन भएको छ । पूर्वी अफ्रिकाका विभिन्न देशमा ५ हजार नेपाली काम गर्दै आएका छन् ।