Events/Festivals

नाइजेरियामा NRNA को पाँचौ अधिवेशन सम्पन्न, चिरञ्जीवी रोक्काको अध्यक्षतामा समिति गठन

 
 

५ मइ २०१३


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नाइजेरियाको पाँचौं साधारण सभा लागोसस्थित इबेशी बीच हाउसमा सम्पन्न भएको छ । उच्च उपस्थिति रहेको सो सभालाई लागोसस्थित भारतीय उच्चआयुक्त कार्यालयका प्रमुख श्री अरूण कुमार सिंहले उद्घाटन गर्नु भएको थियो । उहाँले गैर आवासीय नेपालीहरूको सकृयतामा भएको अधिवेशनको सफलताको कामना गर्दै आगामी दिनहरूमा पनि यस परिषदले उच्च भूमिका खेल्नको लागि सबै प्रवासी नेपालीहरू संगठित हुनुपर्ने बताउनुभयो ।

यसै अवसरमा गैर आवासीय नेपाली संघ क्षेत्रिय परिषद अफ्रिका संयोजक श्री हिक्मत थापाले हरेक गैर आवासीय नेपालीहरूले आयोजना गरेका हरेक कृयाकलापमा सकृय भूमिका खेलेकाले नै आज यहाँसम्म आइपुग्न सफल रहेको बताउनुभयो । त्यसैगरी राष्ट्रिय समन्वय परिषद, नाइजेरियाका महासचिव श्री चिरञ्जीवी रोक्काले आफ्नो कार्यकालमा परिषदले गरेका उन्नति, प्रगति तथा भोलिका दिनमा संस्थाले गर्ने नीति तथा कार्य योजनाहरूका बारेमा प्रष्ट पार्नुभयो । यसैगरी कोषाध्यक्ष श्रीमति मन थापाज्यूले आफ्नो कार्यकाल २०१२-२०१३ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । अन्त्यमा श्री संजीव क्षेत्रीले नयाँ कार्यसमितिमा रहनुभएका सबैलाई बधाई ज्ञापन गर्दै कार्यक्रम समापनको घोषणा गर्नुभयो ।  त्यसैगरी नेपालमा सन् २०१३ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनका लागि एनआरएनले सुरु गरेको अभियानमा साधारण सभाले ४ लाख ५५ जहार रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

नयाँ कार्यकाल २०१३-२०१५ का लागि निर्वाचित सदस्यहरूः
अध्यक्षः       – चिरञ्जीवी रोक्का (cjroka@yahoo.co.in)
उपाध्यक्षः    - निरण मानन्धर (niranmdr@gmail.com)
उपाध्यक्षः    - बाबु शर्मा (thelahure@gmail.com)
महासचिवः – उद्धव प्रधान (uddhav165@yahoo.co.in)
सचिवः        - दीपक कर्ण (deepakkarna@gmail.com)
कोषाध्षक्षः  - प्रेम क्षेत्री (premchetri@gmail.com)

सदस्यहरूः
- जनक विष्ट
- कान्छा तामाङ
- इन्द्र टण्डन
- रोहित भाँगर
- प्रकाश अर्याल
- मोती तामाङ
- श्रीमति अम्बिका प्रधान
महिला प्रतिनधिः – श्रीमति मन थापा (mana_thapa@hotmail.com)
युवा प्रतिनिधिः – सन्तोष उदाष (santosh_udas@hotmail.com)
आसिसी सदस्य २०१३-२०१५ को लागि सञ्जीव क्षेत्री (sanjuchhetri@hotmail.com) लाइ प्रस्ताव गरिएको छ ।

सल्लाहकारहरूः
- हिक्मत थापा
- संञ्जीव क्षेत्री
- विदूर घिमिरे
- सुशिल कुमार भट्टराई
- उमेश कट्टेल